चालु आर्थिक वर्षकमो पहिलो चार महिनामा निर्यात ७७.५१ प्रतिशतले बढेर ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपियाँ पुगेको छ । आयात १८.७१ प्रतिशतले बढेर छ खर्ब ९४ अर्ब ५१ करोड २३ लाख रुपियाा पुगेको छ । कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेर सात खर्ब २९ अर्ब ४७ लाख रुपियाा पुगेको छ । गत वर्ष सो अवधिमा पााच खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रुपियााको आयात भएको थियो भने ५२ अर्ब ६७ करोड ७१ लाख रुपियााको कुल निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा भटमास तेलको निर्यात वृद्धि भएको भन्सार विभागको तथ्याङकले देखाएको छ । आर्थिक वर्ष २०८२/८२ को पहिचो ४ महिनामा ३८ अर्ब ४३ करोड रुपियाँ बराबरको १८ करोड ५२ लाख ५५ हजार किलो निर्यात भएको छ । आयात भने ३७ अर्ब ९६ करोड ४२ लाख ६३ हजार रुपियाँ बराबरको एको छ ।
निर्यात भएको दोस्रो मुख्य वस्तु अलौची तीन अर्ब ९७ करोड ४३ लाख रुपियाा बराबरको १८ लाख २३ हजार किलो निर्यात भएको छ । यस्तै सूर्यमुखी तेल दुई अर्ब ७३ करोड २८ लाख रुपियाा बराबरको तीन करोड ४२ लाख ४० हजार लिटर निर्यात भएको छ । पाम आयल दुई अर्ब छ करोड ५० लाख रुपियाा बराबरको एक करोड १४ लाख ३८ हजार लिटर निर्यात भएको छ ।
आयात भएका अन्य मुख्य वस्तुमा ३१ अर्ब ८९ करोड १५ लाख ५७ हजार रुपियााको डिजेल र २२ अर्ब ३७ करोड २७ लाख ६२ हजारको पेट्रोल रहेको छ । १८ अर्ब ८३ करोड छ लाख १६ हजार रुपियाा बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

यस्तै चार महिनामा १७ अर्ब १५ करोड ७४ लाख रुपियााको स्मार्ट फोन र १५ अर्ब ७२ करोड ११ लाख रुपियााको सुन आयात भएको तथ्याङ्क छ ।
आयातनिर्यात बढ्दा व्यापार घाटा भने तुलनात्मक रूपले कम ११.९९ प्रतिशतले बढेर पााच खर्ब १५ अर्ब ९५ करोड ५४ लाख ५७ हजार पुगेको छ । गत वर्ष सो अवधिमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपियााको व्यापार घाटा थियो । चीनसाग एक खर्ब ३२ अर्ब ५६ करोड ९८ लाख ३७ हजार रुपियााको आयात हुादा नेपालबाट २९ करोड ८८ लाख ४४ हजार रुपियााको निर्यात भएको छ । चीनसाग एक खर्ब ३२ अर्ब २७ करोड ९९ लाख रुपियाा व्यापार घाटा रहेको छ । बाढीपहिरोका कारण रसुवाको केरुङ र सिन्धुपाल्चोकको नाका बन्द हुादा चीनमा निर्यात कम भएको हो ।
चार महिनामा सबैभन्दा छिमेकी मुलुक भारतबाट तीन खर्ब ३७ अर्ब ९२ करोड ४६ लाख ५० हजार रुपियााको आयात हुादा नेपालबाट सात अर्ब ६५ करोड ५५ लाख ३७ हजार रुपियााको निर्यात भएको छ । आयात बढ्दै गए पनि निर्यात न्यून हुादा भारतसाग दुई खर्ब ६१ अर्ब ४१ करोड ९१ लाख १३ हजार रुपियाा व्यापार घाटा छ ।





