महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेसको सुख्खाग्रस्त क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन्। लामो समयदेखिको वर्षा अभावका कारण धान रोपाइँ प्रभावित भएपछि ती क्षेत्रहरूमा खाद्य संकटको सम्भावना देखिएको छ।

सरकारले साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत मधेस प्रदेशलाई आगामी तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ। यस घोषणासँगै राहत तथा उद्धारका कामलाई प्राथमिकतामा राख्ने, प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउने र दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गर्ने योजना सरकारले बनाएको छ।




