• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

बिजनेश कन्फिडेन्समा विकसितभन्दा विकासशील देशहरु अगाडि, कुन देश कति नम्बरमा ?

  •  नेपाल विकास
  • २०८१ मंसिर १८, मंगलवार ०८:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी । व्यवसायका लागि सबैभन्दा भरोसायोग्य वा सुरक्षित कुन देश छ होला ? व्यवसायमा रुची राख्ने वा ठूला व्यवसायीका लागि यो निकै चासोको विषय हो । स्वभाविक रुपमा विकसित र स्थिर राजनीति भएका देशहरु व्यवसायका लागि भरोसायोग्य नै मानिन्छन् ।

    तर केही अन्तर्राष्ट्रिय संस्थाहरुले गरेको सर्भेले यसको विपरीत नतिजा देखाएका छन् । एडलम्यान ट्रस्ट ब्यारोमिटरले हालै सार्वजनिक गरेको २०२४ को रिपोर्ट अनुसार यस वर्ष कतिपय विकासशील देशहरुमा व्यवसायको भरोसा बढेको छ भने केही विकसित देशहरुमा विश्वास वा भरोसाको दर घटेको देखिएको छ । तीमध्ये कतिपय देशहरुको अवस्था भने अघिल्लो वर्षकै जस्तो वा स्थिर अवस्था छ ।

    उदाहरणका लागि पछिल्लो वर्ष भारतमा व्यवसायमाथि भरोसाको दर बढेको छ भने बेलायतमा घटिरहेको छ । बेलायत त भरोसाको स्तरमा सबैभन्दा अन्त्यतिर देखिएको छ ।

    विकासशील देशहरु अगाडि

    व्यापारमा भरोसाको सन्दर्भमा विकासशील देशहरुले विकसित देशहरुलाई पछि पारेका छन् । विकासशील देशहरु ट्रस्ट इन्डेक्समा स्थिर रहेका छन् भने विकसित देशहरु घटेर इन्डेक्सको तल झरेका छन् । यसरी हेर्दा विकासशील देशहरु ट्रस्ट इन्डेक्सको ६३ औं नम्बरमा छन् भने विकशित देशहरु घटेर ४९ नम्बरमा झरेका छन् ।

    चीन सबैभन्दा कम भरोसायोग्य

    चीनले आफूलाई सबैभन्दा भरोसायोग्य देशको रुपमा स्थापित गरेको छ । तैपनि एक वर्षको अवधिमा इन्डेक्समा चीनको अंक ८३ बाट घटेर ७९ नम्बरमा झरेको छ । यसरी हेर्दा विदेशी कम्पनीहरुमा चीनमाथि कम भरोसा देखिन्छ । साथै बाँकी देशहरुमा चिनियाँ कम्पनीहरुमाथि पनि भरोसा घट्दो मात्रामा रहेको देखिन्छ ।

    भारतको सुधार

    ट्रस्ट इन्डेक्समा भारतको अंक एक वर्षमा ७३ बाट बढेर ७६ अंक पुगेको छ । यसले विश्वका सबैभन्दा भरोसायोग्य देशहरुमा भारतलाई पनि स्थापित गरेको छ । जहाँ भारतीयहरु आफ्नो देशको कम्पनीमाथि अत्यधिक विश्वास गर्ने पनि इन्डेक्सले देखाएको छ । जवकि विदेशी कम्पनीहरुमाथि भारतीयको विश्वास कम मात्रै रहेको इन्डेक्सले देखाएको छ ।

    कुन देश व्यवसायका लागि भरोसायोग्य छ वा छैन भनेर एडलम्यान ट्रस्ट ब्यारोमिटरले २८ देशहरुमा गरेको सर्वेक्षणमा ३५ प्रतिशत उत्तरदाताहरुले भारतीय कम्पनीमाथि भरोसा गरेका थिए ।

    बेलायत सबैभन्दा कम विश्वासिलो देशमा

    समृद्ध देश बेलायत भने विश्वासको दृष्टिले तल झरेको देखिन्छ । यस वर्षको इन्डेक्समा बेलायत जम्मा ३९ नम्बरमा खुम्चिएको छ । सर्वेक्षण अनुसार जी ७ राष्ट्र बेलायत यसपटक अति कम भरोसायोग्य देशको रुपमा तल झरेको छ । यसमा बेलायत एक्लै छैन । यससँगै जापान, अर्जेन्टिना र दक्षिण कोरिया पनि सबैभन्दा कम भरोसायोग्य देशको स्तरमा छन् ।

    सुधार गरेका देशहरु

    दक्षिण कोरियाले अघिल्लो वर्षको तुलनामा आफ्नो ७ अंक बढाएको छ । यस्तै मलेसियाले पनि ६ अंक बढाएको छ । यसैगरी नाइजेरियाले आफ्नो ५ अंक बढाएको छ भने थाइल्यान्डले इन्डेक्समा आफ्नो ४ अंक बढाएको छ ।

    यसरी हेर्दा इन्डेक्समा भरोसाका लागि आफ्नो अंक बढाउने वा सुधार गर्ने देशहरुमा यीनै देशहरु हुन् । यद्यपि यी देशहरु धेरै भरोसायोग्य देशको नम्बरमा उक्लिन सकिरहेका छैनन् ।

    कुन कुन देशको भरोसा घट्यो ?

    विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीन भरोसायोग्य देशको रुपमा स्थापित भए पनि यस वर्ष इन्डेक्समा आफ्नो नम्बर घटाएको छ । अर्थात् चीनको भरोसा घट्दो क्रममा देखिएको छ ।

    व्यापारका लागि चीनले आफ्नो विश्वास ४ अंकले घटाएको सर्वेक्षणले देखाएको छ । यसैगरी बेलायतको पनि ४ अंक नै घटेको छ । यसरी हेर्दा यी दुई विकसित देशहरुमा भरोसाको अंक सबैभन्दा धेरै गिरावट भएको छ ।

    विकसित देशहरुको समस्या

    विकसित देशहरु पनि भरोसाका लागि अपेक्षित रुपमा अगाडि भने छैनन् । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाको ट्रस्ट इन्डेक्स अर्थात् भरोसा अंक स्थिर भए पनि ४६ अंक मात्रै छ ।

    यस्तै जर्मनी, स्पेन जस्ता विकसित देशहरु पनि ४६ अंकमै सीमित छन् । यसरी हेर्दा विकसित देशहरु पनि भरोसा अंकमा औसतभन्दा तल देखिएका छन् । यस्तै अमेरिका जस्तो विकसित देशको अंक स्पेनकै जति समान रहेको सर्वेक्षणमा देखिन्छ।

    केही देशमा अविश्वास हाबी

    बेलायत, जापान र अर्जेन्टिना जस्ता देशहरुमा बढी मात्रामा अविश्वास रहेको सर्वेक्षणले देखाएको छ । जहाँ संस्थानहरुमा विश्वास बढाउन जरुरी रहेको एडलम्यान ट्रस्ट ब्यारोमिटर रिपोर्टले सुझाव दिएको छ । यसैगरी विश्वका सबैभन्दा शक्तिशाली देशका कम्पनीहरुमाथि भरोसा घट्नु धेरै चिन्ताको विषय रहेको पनि रिपोर्टको सुझाव छ ।

    Post Views: 449

    प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलवार ०८:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल
    भटमासको निर्यात बढ्यो
    “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”
    ताजा अपडेट
    • १. ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल

    • २. भटमासको निर्यात बढ्यो

    • ३. “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

    • ४. प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

    • ५. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    चर्चित

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.