• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

जीवन बिमा कम्पनीले गरे करिब पौने ७ खर्ब लगानी

  •  नेपाल विकास
  • २०८१ मंसिर १८, मंगलवार ०७:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपालमा बिमा कम्पनीहरुले ११ वटा क्षेत्रमा गरेको लगानीमध्ये ठूलो हिस्सा बैंकको मुद्दति निक्षेपमा रहेको छ ।
    लगानी विविधिकरण गर्नका बिमा प्राधिकरणले निर्देशिका बनाएको भएपनि कम्पनीहरुको ध्यान मुद्दति निक्षेपमा नै बढी रहेको छ । कम्पनीहरुले चालु आवको तीन महिनामा एकै क्षेत्रमा मात्रै ७२.०७ प्रतिशत लगानी गरेका छन् ।

    वाणिज्य बैंकको मुद्दति निक्षेपमा बढी लगानी गरेका छन् । बाँकी २७.९३ प्रतिशत अन्य १० वटा क्षेत्रमा लगानी गरेका छन् ।

    जीवन बिमा कम्पनीलाई लगानी विभिन्न क्षेत्रमा लगानी गर्नका लागि ११ वटा क्षेत्र तोकेको छ । बिमा क्षेत्रले ११ वटा क्षेत्रमा ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख रुपैयाँ लगानी छ । जसमध्ये वाणिज्य बैंकको मुद्दति निक्षेपमा मात्रै ४ खर्ब ८८ अर्ब ३९ करोड ८ लाख छ । वाणिज्य बैंकको मुद्दति निक्षेपमा र पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ३० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ।

    प्राधिकरणका अनुसार पूर्वाधार बैंकमा १ अर्ब ८० करोड रुपैयाँ लगानी रहेको छ ।

    यस्तै विकास बैंकको मुद्दति निक्षेपमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । विकास बैंकको मुद्दति निक्षेपमा सबै बिमा कम्पनीको ४६ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

    यस्तै वित्त कम्पनीको मुद्दति निक्षेपमा ५ प्रतिशत राख्न पाउने व्यवस्था रहेको छ । बिमा कम्पनीले ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
    बिमा कम्पनीहरुले नेपाल सरकार, प्रदेश सरकार, दायित्व सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा २५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । जसमा ५ वटा बिमा कम्पनीले ३ अर्ब १० करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् ।

    बिमा प्राधिकरणले घर जग्गामा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । अहिले बिमा कम्पनीहरुले घर जग्गामा लगानी गरेका छैनन् ।

    बिमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । बिमा कम्पनीहरुले २४ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ लगानी रहेको छ ।

    यस्तै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा ३० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । बिमा कम्पनीहरुले यी क्षेत्रमा ५१ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् ।

    सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्टर र ऋणपत्रमा २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । जसमा बिमा कम्पनीहरुले २० अर्ब ३९ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा लगायत वीकरणीय ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रशारण लाईन, शिक्षा र स्वास्थ्य क्षेत्रमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । जसमा बिमा कम्पनीहरुले १० अर्ब २५ करोड ७८ लाख रुपैयाँ लगानी गरेका छन्।

    यस्तै नागरिक लगानी कोष र म्युचुअल फण्डमा बढीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । कम्पनीहरुले २ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ । जसमा कम्पनीहरुले २ करोड २६ लाख ४५ हजार रुपैयाँ लगानी गरेका छन् । कम्पनीहरुले अन्य संस्थापक सेयरमा १३ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ लगानी गरेका छन् ।

    बीमा कम्पनीहरुको माग अनुसार नै बीमा प्राधिकरणले जीवन बीमकको एकीकृत निर्देशिन-२०७९ जारी गरेको थियो । प्राधिरणले क्षेत्र अनुसार ५ प्रतिशत देखि ३० प्रतिशतसम्म लगानी गर्ने बाटो खुलाएको थियो । तर बिमा कम्पनीहरुले त्यो अनुसार लगानी गरेका छैनन् ।

    Post Views: 165

    प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलवार ०७:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल
    भटमासको निर्यात बढ्यो
    “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”
    ताजा अपडेट
    • १. ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल

    • २. भटमासको निर्यात बढ्यो

    • ३. “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

    • ४. प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

    • ५. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    चर्चित

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.