काठमाडौं । होटल बाराही काठमाडौंको स्तरोन्नती गरेर पाँचतारे स्तरको हुने भएको छ । काठमाडौंको केशरमहलमा हाल ६७ कोठामा सञ्चालन भइरहेको यो होटल पाँचतारे स्तरमा वर्गीकरण गर्ने उद्देश्यले क्षमता विस्तार गर्न लागिएको हो ।
![](https://nepalbikash.com/wp-content/uploads/2023/06/ADVERTISE-HERE.gif)
होटलको स्तरोन्नतीका लागि कुल साढे २ अर्ब रुपैयाँ खर्च हुने होटलले जानकारी दिएको छ । बाराही होटलले निजी बैंक तथा वित्तीय संस्थाबाट १४ वर्षसम्मको ऋण लिएर होटलमा लगानी गर्ने भएको छ ।
होटल स्तरोन्नती गरी सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदेन तयार पारिएको छ । होटलले सार्वजनिक गरेको उक्त प्रतिवदेन अनुसार यो होटल हालसम्म दर्ता नभएकोले वातावारणीय प्रभाव मूल्यांकन गरेर दर्ता गर्ने तयारीमा समेत छ । वातावरण संरक्षण ऐन २०७६ तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार १०० शय्याभन्दा बढी क्षमताको होटलको निर्माण तथा सञ्चालनको लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवदेन तयार पारेको हो ।
![](https://nepalbikash.com/wp-content/uploads/2023/06/ads.png)