काठमाडौं– पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।
विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ ।
भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए । उनले तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गरिने बताए ।