दैलेखको जलजलेमा पेट्रोलियम उत्खननकार्य शुरु भएको छ । सम्झौता भएको ७ वर्षपछि पेट्रोलियम उत्खनन कार्य शुरु भएको हो । जस अर्न्तगत हालसम्म ३ सय मिटर ड्रिलिङ सकिएको छ ।
आगामी ६ महिना भित्रमा ४ हजार मिटर गहिराई खन्नुपर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ । दैलेशको शिरस्थान, नाभीस्थान र पादुकास्थान ३ ठाउामा पेट्रोलियम तथा ग्यास रहेको पुष्टि भएपछि जलजलेलाई केन्द्र बनाएर गत वैशाख २८ गतेबाट ड्रिलिङ कार्य शुरु भएको थियो ।
चीन सरकारको १ अर्व २० करोड रुपैयाा अनुदान सहयोगमा चाईना जियोलोजिकल सर्भेले जलजलेमा पेट्रोलियम उत्खनन शुरु गरेको हो ।
६ महिनाभित्रमा ड्रिलिङको काम सक्ने बताईएपनि विद्युतको नियमित आपूर्ति हुन नसक्दा निर्धारित समयमै सम्पन्न गर्न मने चुनौती देखिएको छ ।
विद्युतको नियमित आपूर्ति र ड्रिलिङ मेसिनका लागि आवश्यक विद्युत क्षमता नपुग्दा निर्धारित समयमा ड्रिलिङ कार्य नसकिने देखिएको छ । जेनेरेटरको भरमा मेसिन चलाउनुपर्ने भएपछि लागत र निर्माण अवधी स्वभाविक बढ्न जाने उपमहानिर्देशक जयराज घिमिरेको भनाई छ ।
जलजले आसपासका ४५ रोपनी क्षेत्रफल जमिनलाई अधिग्रहण गरेर निर्माण कार्य शुरु भएको हो ।