संखुवासभामा निर्माणाधी ९ सय मेगावाट क्षेमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ छिचोलिएको छ । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट नम्वर २ को प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रेक थ्रु गुर्नभएको हो । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार ‘ब्रेक थ्रु’ गरिएको हो । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट २ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रेक थ्रु गर्नुभएको हो । ११ दशमलव ८३ किलोमिटर लम्बाई रहेको अरुण तेस्रोको मुख्य सुरुङमा विस्फोट गरी छिचोलिएको परियोजना कार्यलयले जनाएको छ ।
अरुण तेस्रो जलविद्युत परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । परियोजनाको मकालु गाउापालिका ५ स्थित फ्याक्सिन्दा दोभानमा बााध निर्माण भइरहेको छ । सो बााधबाट ११ दशमलव ८३ किलोमिटर लामो सुरुङ मार्गबाट पानी ल्याई चिचिला गाउँपालिकाको–३ स्थित पुखुवाको गृहबाट विद्युत उत्पादन गरिनेछ । एक खर्ब चार अर्ब लागत अनुमान गरिएको अरुण तेस्रोबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाा आर्थिक लाभ मिल्नेछ ।
आयोजनाबाट प्रभावित स्थानीयले एक अर्ब ६० करोड रुपियााको सेयर पाउनुका साथै प्रति महिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत विकास सम्झौतामा उल्लेख छ ।
अरुण तेस्रोको सुरुङ्ग ब्रेक थ्रु
अरुण तेस्रोको सुरुङ्ग ब्रेक थ्रु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु