बजेटका ५ प्राथमिकताः
१. आर्थिक सुधार र निजी क्षेत्रको प्रबर्द्धन ।
२. कृषि, ऊर्जा, सूचना प्रविधि, औद्योगिक विकास तथा पूर्वाधार निर्माण ।
३. शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास ।
४. समावेशीता र सामाजिक सुरक्षा ।
५. सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार ।
बजेटका ५ उद्देश्य:
१. उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु ।
२. निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु ।
३. मानव संशाधनको विकास गर्नु ।
४. स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु ।
५. सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु ।
बजेटका ५ रणनीति:
१. संरचनागत सुधार ।
२. व्यावसायिक वातावरणमा सुधार ।
३. सार्वजनिक वित्त प्रणालीमा सुधार ।
४. वित्तीय क्षेत्र सुधार ।
५. सार्वजनिक प्रशासनमा सुधार।